नियम ३
कर छूटको लागि निवेदन दिनु पर्ने
(१) ऐनको दफा २ को खण्ड (ध) बमोजिम कर छूट पाउने संस्थाले कर छूटको लागि देहाय बमोजिमको विवरण संलग्न गरी विभागमा निबेदन दिनु पर्नेछः–
(क) प्रचलित कानून बमोजिम दर्ता हुनु पर्ने संस्थाको हकमा दर्ताको
प्रमाणपत्रको प्रतिलिपि,
(ख) संस्था गठन सम्बन्धी विधानको प्रतिलिपि,
(ग) स्थायी लेखा नम्बर प्राप्त गरेको भए त्यस्तो प्रमाणपत्रको प्रतिलिपि र
(घ) लेखापरीक्षणको प्रतिवेदन भए सो को प्रतिलिपि ।
(२) उपनियम (१) बमोजिम पर्न आएको कर छूटको निवेदन उपर विभागले आवश्यक जाचबुझ गरी त्यस्तो संस्थालाई कर छूट पाउने संस्थाको रूपमा दर्ता गरी प्रमाणपत्र दिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्था भित्र पर्ने कुनै निकायलाई दर्ता गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ ।